हाम्रो खुशीको
लागि - नेपाली राष्ट्रिय गीत
(Hamro Khushi Ko Laagi - Nepali National Song)
(Hamro Khushi Ko Laagi - Nepali National Song)
हाम्रो खुशीको
लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै
बनिन्छ, नेपाली बनिनुपर्छ । - २
हामी आज जे छौँ
जे हौँ, त्यो हिजोको कमाई हो ।
रमाइलो भोली
ल्याउन आज बनाउनुपर्छ । - २
सबै खुशी हुनेछन्
। मेरो देश खुशी हुनेछ ।
खालि देशप्रतिको विस्वास अटल बनाउनुपर्छ ।
तिमी जे गर्न
सक्छौ त्यो देशलाई देऊ ।
सक्दैनौ भने भइ'गो तर देशलाई भार नदेऊ । - २
सबको खुशीको लागि
आफ्नो स्वार्थ त्यागे के भो' !
परिआए देशको लागि
सर्वस्व त्याग्नुपर्छ ।
हाम्रो खुशीको
लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै
बनिन्छ, नेपाली बनिनुपर्छ । - २
No comments:
Post a Comment