Wednesday, November 27, 2013

हाम्रो खुशीको लागि - नेपाली राष्ट्रिय गीत

हाम्रो खुशीको लागि - नेपाली राष्ट्रिय गीत
(Hamro Khushi Ko Laagi - Nepali National Song)



हाम्रो खुशीको लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै बनिन्छ, नेपाली बनिनुपर्छ । - २

हामी आज जे छौँ जे हौँ, त्यो हिजोको कमाई हो ।
रमाइलो भोली ल्याउन आज बनाउनुपर्छ । - २
सबै खुशी हुनेछन् । मेरो देश खुशी हुनेछ ।
खालि देशप्रतिको विस्वास अटल बनाउनुपर्छ ।

तिमी जे गर्न सक्छौ त्यो देशलाई देऊ ।
सक्दैनौ भने भइ'गो तर देशलाई भार नदेऊ । - २
सबको खुशीको लागि आफ्नो स्वार्थ त्यागे के भो' !
परिआए देशको लागि सर्वस्व त्याग्नुपर्छ । 

हाम्रो खुशीको लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै बनिन्छ, नेपाली बनिनुपर्छ । - २


Music on Link:
(गीत सुन्न तलको लिंकमा जानुहोस्)