याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो
तिम्रो बियोगमा अनायसै आसुँ मेरो झरेछ
कता कता मुटुभित्र माया झनै बढेछ
लाग्छ वरीपरी कतै तिमी भइदिए हुन्थ्यो

चारैतिर तिमीमात्र देख्छु के भो' मलाई यस्तो
कल्पनामै रमाउनु पर्ने मेरो भाग्य कस्तो
तिमीसँगै बसी मनका कुरा खोल्न पाए हुन्थ्यो

सधैंभरी सँगै हुन्छौँ सपनामा हामी
माया मारी मबाट दूर नजाउ है तिमी
सुटुक्क तिम्रो मनको कुरा चोर्न पाए हुन्थ्यो

तिम्रो यादमा तड्पिएर बाँचुला म कति
टाढा गए'नी सम्पर्क चाँही नछोड्नु है साथी
हामी सधैं सँगै भए कति बेस हुन्थ्यो

Published on facebook/siddhanjan on 29 April 2010

No comments:
Post a Comment