Friday, September 29, 2017

Siddhanjan NP: A Complete Nepali Font
सकेसम्म सबै नेपाली अक्षर, आधा अक्षर, संयुक्त अक्षर र संकेतहरु समेटिएको नयाँ नेपाली फन्ट:

https://drive.google.com/file/d/1MWjneIixigQUPFh3oTPR-QsaE82v2yUV/view?usp=sharing

Saturday, March 8, 2014

Solution: Pen Drive does not show folders/files

Solution: Pen Drive does not show folders/files

Sometimes you may face such problems:
-          There are folders and files occupying some spaces in your flash drive but those are not visible.
-           Folders/Files in your flash drive are shown in Short-Cut type and you cannot copy that.
I have come with some easiest steps that resolve your problems.



Steps:
1.       Open “Folder Option” Box by following steps as shown in the Picture (a) Or by
Control Panel>>Appearance and Personalization>>Folder Option>>View  
2.       As shown in the Picture (b),
Choose
“Show hidden files, folders, and drives”
Uncheck
“Hide protected operating system files (Recommended)” 
3.       Now, you can see dim icons of files/folders that are hidden in your pen drive. [Picture (c)]
4.       Now, go to “Start” and type “cmd” (without quotation markes “  “) and open command prompt box. 
5.       In cmd box, type label of your pen drive and press “Enter”.
For example, type “H:” (without quotation marks “  “) if your pen drive’s label is “H:”.  
6.       Type following command and press “Enter”
Attrib [Folder Name] –a –s –h  
For example, if you want to unhide folder “dvr” type
Attrib dvr –a –s –h  
If you want to unhide a file, type following command and press “Enter”
Attrib [File name with extension] –a –s –h 
For, example if you want to unhide file with name “Remi.docx”, type
Attrib remi.docx –a –s –h  
You can see extension of files by unchecking “Hide extensions for known file types” in “Folder Options” box.
 Note:
1.       If the folders/files you want to unhide contains more than six characters in its name. Rename it with less than six characters.
2.       You are strongly recommended to scan your pen drive with a reliable antivirus before following those steps. 

If you want all the files to be shown, you can type command: Attrib -s -h /s /d *.*

Thursday, December 12, 2013

सायरी :: याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो

याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो

तिम्रो बियोगमा अनायसै आसुँ मेरो झरेछ
कता कता मुटुभित्र माया झनै बढेछ
लाग्छ वरीपरी कतै तिमी भइदिए हुन्थ्यो
याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो

चारैतिर तिमीमात्र देख्छु के भो' मलाई यस्तो
कल्पनामै रमाउनु पर्ने मेरो भाग्य कस्तो
तिमीसँगै बसी मनका कुरा खोल्न पाए हुन्थ्यो
याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो

सधैंभरी सँगै हुन्छौँ सपनामा हामी
माया मारी मबाट दूर नजाउ है तिमी
सुटुक्क तिम्रो मनको कुरा चोर्न पाए हुन्थ्यो
याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो

तिम्रो यादमा तड्पिएर बाँचुला म कति
टाढा गए'नी सम्पर्क चाँही नछोड्नु है साथी
हामी सधैं सँगै भए कति बेस हुन्थ्यो
याद आउँदा तिम्रो तस्बिर हेर्न पाए हुन्थ्यो 

Published on facebook/siddhanjan on 29 April 2010

Wednesday, November 27, 2013

हाम्रो खुशीको लागि - नेपाली राष्ट्रिय गीत

हाम्रो खुशीको लागि - नेपाली राष्ट्रिय गीत
(Hamro Khushi Ko Laagi - Nepali National Song)



हाम्रो खुशीको लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै बनिन्छ, नेपाली बनिनुपर्छ । - २

हामी आज जे छौँ जे हौँ, त्यो हिजोको कमाई हो ।
रमाइलो भोली ल्याउन आज बनाउनुपर्छ । - २
सबै खुशी हुनेछन् । मेरो देश खुशी हुनेछ ।
खालि देशप्रतिको विस्वास अटल बनाउनुपर्छ ।

तिमी जे गर्न सक्छौ त्यो देशलाई देऊ ।
सक्दैनौ भने भइ'गो तर देशलाई भार नदेऊ । - २
सबको खुशीको लागि आफ्नो स्वार्थ त्यागे के भो' !
परिआए देशको लागि सर्वस्व त्याग्नुपर्छ । 

हाम्रो खुशीको लागि हामी नै बनिनुपर्छ ।
नेपाल त्यसै बनिन्छ, नेपाली बनिनुपर्छ । - २


Music on Link:
(गीत सुन्न तलको लिंकमा जानुहोस्)




Tuesday, October 22, 2013

एमाले, बैध्य माओवादी र संघियता


एकातिर आफ्नै नेताहरूद्वारा नेतृत्त्व गरिएको ककस (गत संबिधान-सभामा रहेका जनजाती शभासदहरूको समुह) मार्फत "एकल जातीय संघियता" र अर्कोतिर आफ्नै केन्द्रीय समितीमार्फत "बहुजातीय संघियता"को असम्भव अडानहरू प्रस्तुत गरेर बिशेषत: एमालेले गत: संबिधान-सभामा भिलेनको भूमिका खेल्यो । वास्तवमा एकल वा बहु जे भए पनि जातीयता (Ethnicity) को आधारमा संघियता समग्र देशको लागि घातक नै थियो । बहसमा नै नउठेको एकल र बहुजातीय संघियताको नारा चर्काएर जातजातबीच फाँटो ल्याउने र अन्ततः संघियता नै लागू नगर्ने एमालेको कुटील चाल अन्तरगत नै ककसलाई उचालिएको थियो । एमालेको त्यहीँ मूर्खतापूर्ण चाललाई बुझेर कांग्रेस र तत्कालिन माओवादीको संस्थापन पक्षको विशेष पहलकदमीमा जेष्ठ २, २०६९ मा तत्कालिन संविधानशभामा रहेका प्रमुख दलहरुबीच ११ प्रदेश बनाउने ऐतिहासिक सहमती भयो । तर, त्यो सहमतीको मसि सुक्न नपाउदै मधेशी दलहरुलाई सरकारको प्रमुख मन्त्रालयहरु दिइएको कारण देखाएर सर्वप्रथम एमाले संथापनले उक्त सहमती भाड्ने दुश्चेष्टा गरेर आफ्नो धर्म निर्वाह त गर्यो नै, केपी ओली गूटको होनाहार कमाण्डर पृथ्वी शुब्बा गुरुङलाई उचालेर ककस मार्फत एकल जातीय संघियताको अस्वीकार्य नारा ओकल्न लगाएर जेष्ठ २ को सहमती भाड्न निर्णायक भूमिका खेल्यो । कांग्रेस र माओवादी त्यो सहमतीमा अडिग हुदासम्म एमालेको दुस्साहसले केही लछारपाटो लगाउने त थिएन तर समस्या तब आयो जब तत्कालिन माओवादीको अर्को पक्ष (बैध्यपक्ष) पार्टी नीतिसँग कतै सम्बन्ध नभएको एकल जातीय संघियतालाई आफ्नो मुद्दा ठान्न पुग्यो । वास्तवमा जेष्ठ २ गतेको ११ प्रदेशको सहमती काठमाण्डौँलाई धाधिङ र मकवानपूरको कही भाग हुदै चितवलसम्म तन्काइएको विषय बाहेक कतै पनि माओवादीको प्रतिवद्धतापत्र बिपरीत थिएन । कतिपयले त्यो सहमतीले पश्चीम तराईको दुई जिल्लाबारे माओवादीको आधिकारिक धारणालाई लत्याएको भने पनि अन्तिम सिमांकन गर्ने जिम्मा संघिय आयोगलाई दिने भनिएकाले खासै समस्या थिएन । जहाँसम्म काठमाण्डौँलाई चितवनसम्म लम्ब्याइएको विषय छ, त्यो काठमाण्डौँ र समग्र देशकै दिर्घकालीन हितमा थियो । यस्तो सपाट कुरालाई बुझपचाएर कथित जनविद्रोहको गुप्त रणनीति बोकेर वैध्यपक्षले ककसको सहयोगमा उक्त सहमतीविरुद्ध ४१७ शभासदको हस्ताक्षर बटुलेर प्रचण्डलाई पछाडि हट्न वाध्यमात्र पारेन, पार्टी संस्थापनपक्ष पहिचानको विरुद्धमा भएको झूटो प्रचारलाई सडकसम्म ल्यायो । फलतः जेष्ठ २ को सहमती भाडिएसँगै संविधान बन्ने सम्भावना पनि समाप्त भयो ।






संविधानशभा विघटन भएपछि चर्को हौसिएर वैध्यहरुले भन्न भ्याए कि संविधान उनीहरुको कारणले नबनेको हो किनकी प्रचण्डले पहिचानको मुद्धा विपरीत सहमती गरेका थिए ।उनीहरुको कथित हस्ताक्षर अभियानले प्रचण्डलाई पछि हट्न वाध्य पारेको हो, ‘नत्र प्रचण्ड जेष्ठ २ गतेको सहमती गरेर पहिचानविरुद्ध गइसकेका थिए ।’ – हेर्नुहोस्, मोहन बैध्य किरणको संविधानशभा विघटन भएपछि नागरिक दैनिकलाई दिइएको पहिलो अन्तरवार्ता
आज  चीनबाट फर्केपछि बैध्यहरुको शव्दकोशबाट पहिचानगाएव हुन पुगेको छ । प्रचण्डले त जातीय पहिचानको कुराबाट ..... (पहिल्यै) हात झिकिसकेका हुन्, हामीले अहिले..... थाती राखेका हौँ” – देव गुरुङ, “नेपाल राष्ट्रिय साप्ताहिकअंक ५५७, २०७० श्रावन २०, आवरण स्तम्भ 

आखिरमा छोड्न नै थियो भने त्यसैलाई उचालेर शभासदहरुको हस्ताक्षर बटुलेर किन संविधानशभा भाड्ने काम गरेको? ककससँग मिलेर संविधानशभा भाडेकोमा गर्व गर्नेहरुलाई आज सवैलाई हेरियो पटकपटक, चुप बसौँ यो पटकभनेर वहिस्कारको नारा लगाउने नैतिकता छ?


करिब साढे एक वर्ष अगाडि गोपाल किराँतीले धरानको एक पत्रकार सम्मेलनमा भनेका थिए, “एकल जातीय पहिचानको मुद्धा माओवादीको होइन, त्यो त संविधानशभाभित्रको ककसको हो ।गोपाल किराँतीले ठीक भनेका हुन् । एकल जातीय पहिचानको मुद्धा कहिल्यै माओवादीको थिएन र हुनुहुदैन पनि । माओवादीको मुद्धा  पहिचान सहितको संघियताको मात्र थियो र हो । र, उसको व्याखानुसार पहिचान भनेको जातपात (Ethnicity) नभएर साझा भूगोल, साझा भाषा, साझा अर्थतन्त्र र संस्कृति भएको ऐतिहासिक रुपले स्थिर मानव समुदायपो हो । निश्चय नै एमाओवादीले प्रदेशहरुको नामाकरण जातीय नामअनुसार गरेकाले आज पनि कतिपयले उसलाई एकल जातीय संघियताको प्रवाहक ठान्ने भ्रम पाल्छन् । त्यसो त मेचीअञ्चलको नाम मेचीनदीबाट रहन गएको हो, जुन आफैँमा मेचेजातिको नामबाट राखिएको हो । के हामीले भन्न सक्छौँ, मेची अञ्चल पनि एकल जातीय पहिचानको उदाहण हो भनेर? अवश्य सक्दैनौँ । सवै जातिका सन्ततिको मौलिक अधिकार यो वा त्यो प्रदेशमा बराबर नै हुन्छ भने नाम ठूलो विषय नै होइन । नेपालको नाम सिंगापुर राखेर नेपाल सिंगापुर त बन्ने होइन नि ।

Monday, August 26, 2013

किराँती जाति र हिन्दु वर्णाश्रम

किराँत हिन्दु वर्णाश्रमभित्र पर्दैन

 
"कैरातिका कुमारिका सका खनति भेषजम्
हिरण्ययीभिरभृभिर्गिरीणामुप सानुषु ।।" - अथर्ववेद, काण्डम् १०, सूक्त , मंत्र १४
किराँत जातिका यी कुमारी कन्याहरू हिरण्यी नामको सुनजस्तो चमकदार् तथा तेजिलो धार भएको कोदालोले पर्वतीय शिखरमा रहेका औषधीहरू खन्ने गर्दछन्                                                (अनु. तिलकप्रसाद लुइटेल)   

“...गुहाभ्यः किरातम् सानुभ्यो जम्भकम् पर्वतेभ्यः किम्पूरुषम्यजुर्वेद, अध्याय ३०/१६ 

गुफाका लागि किराँतलाई, पर्वतका चुचुराका लागि प्रचण्ड पुरुषलाई पर्वतका लागि होचापुड्का खालका मानिसलाई नियुक्त गर्नुपर्दछ                          (अनु. तिलकप्रसाद लुइटेल

अहं पुरा किराँतेषु किराँतैस्यः वर्धितः
जन्ममात्रं द्विजत्वं मे शुद्राचारतः सदा ।।वाल्मिकी रामायण, आदिपर्व /५५/ 

पहिले किराँतहरुमा किराँतहरुसँग पाली, पोसी, खेली, कुदी बढेको हुँ वस्तुतः मेरो जन्ममा मात्रै द्विजकुलमा भएको हो अनि शूद्राचारमा सधैँ रत भएको हुनाले आज मेरो यो गति भएको          (अनु. डा. स्वामी प्रपन्नाचार्य)

अथर्ववेदको सूक्त सर्प (तक्षक) को विष नाश गर्ने विद्यासँग सम्बन्धीत यो सूक्त सर्पको डरबाट बच्नको लागि रचना गरिएका विभिन्न मंत्रहरुद्वारा भरिएको त्यसैले किराँति कन्या सम्बन्धी माथिको मंत्रले त्यो समयमा पनि किराँतिहरु सर्पदंश उपचारको लागि आवश्यक जडिबुटीसँग परिचित रहेको बोध गराउँछ त्यति मात्र होइन कि यो मंत्रबाट किराँतिहरु पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको तथ्य पनि बुझ्न सकिन्छ

त्यस्तै महाभारत कथाको वन पर्वमा पनि पाण्डवहरु किराँतिहरुझैँ जंगलमा बसोबास गरिरहेको भनेर कुरु दरवारमा पाण्डवहरुको धज्जी उडाउने गरिएको प्रसंग पनि उल्लेख गरिएको यसरी वेद लगायत प्राचिन धार्मिक ग्रन्थहरुमा किराँत जातिलाई जंगल गुफामा बस्ने अशभ्य जनदेखि लिएर धनुधारी औषधीविज्ञानमा पोख्त शभ्य समूहसम्म जोडिएको यसबाट के अनुमान सहजै गर्न सकिन्छ भने तत्कालिन किराँति जाति निकै बृहद् थियो क्रमशः सूर्यबंशी तथा भाष्करबंशीहरुको लगातारको आक्रमणबाट नेपाल इतिहासका प्रमाणित किराँत राजाहरु वल्लो, माझ एवं पल्लो किराँतका रुपमा हालको नेपालको पूर्वी भागमा सीमित हुन पुगेकाले मात्र आज राई, लिम्बू, याख्खा, सुनुवारले मात्र आफुलाई किराँति दावी गर्न सकेका हुन् वास्तवमा मगर, थारु लगायतका जाति पनि वैदिक वा महाभारतकालमा वर्णन गरिएको किराँति जाति नै हुनुपर्दछ

अर्कोतिर, वेद महाभारतहरुमा यत्रतत्रकिराँतशब्द उल्लेख हुनुले किराँत जाति वेद लेखिइनुभन्दा अघिदेखि नै सग्लो जातिका रुपमा पर्वतीय इलाकामा बसोबास गर्ने गरेको छनक् मिल्छ यो तथ्यले किराँत जाति हिन्दू वर्णश्रमभित्र नपर्ने सत्य स्वतसिद्ध हुन्छ नै, बरु तत्कालिक किराँत जाति ब्राह्मण, क्षत्रिय, वैश्य तथा शुद्र चारै वर्णीय पेशा अगाल्ने जन मिश्रीत जाति थियो भनी अनुमान गर्न सकिन्छ यी तथ्यहरुले केही विद्वानहरुको किराँतलाई क्षत्रिय वर्ण अन्तरगत राखी केही इतिहासकारहरुको वैश्यवर्ण अन्तरगत राखी हिन्दू वर्णश्रमभित्र छिराउने प्रयत्नबारे पुनर्अध्ययन हुन जरुरी देखिन्छ यसै सन्दर्भमा कतिपयले महाभारत कथामा यत्रतत्र उल्लेख गरिएका दानव राक्षसहरुसँग किराँतलाई जोड्ने गरेको पनि पाइन्छ महाभारतमा दानव भनेर कुनै गैरहिन्दू जातिलाई सम्बोधन गरिएको हुनसक्ने प्रष्ट सम्भावना तर महाभारतमा किराँत जातिलाईकिराँतभनेरै सम्बोधन गरिएकालेदानवभनिएको जाति किराँत नभएर अन्य कुनै जाति हुनु पर्दछ त्यस्तै महाभारतको गम्भीर अध्ययनलेराक्षससंज्ञा कुनै जाति विशेषलाई भन्दा पनि भेष बदल्न सक्ने, उड्न सक्ने क्षमता भएका प्राणीहरुको समूहलाई दिइएको प्रतित हुन्छ अतः किराँत जाति वैदिककालभन्दा अगाडिदेखि नै हालको नेपाल भारतको पहाडी क्षेत्रमा बसोबास गरिरहेका हिन्दू वर्णाश्रमभित्र नपर्ने जाति नै रहेको आँकलन गर्न सकिन्छ